माननीय मुख्यमन्त्री

पृथ्वी सुब्बा गुरूङ

१. व्यक्तिगत विवरण
नाम पृथ्वी सुब्बा गुरुङ
जन्ममिति २०१४ फागुन २ गते (१३ फेब्रुअरी १९५८)
जन्म स्थान गिलुङ गा.वि.स. - ८, टक्सार
हाल क्व्होलासोथार गाउँपालिका ९, टक्सार, लमजुङ
बुबा स्व. गंगाप्रसाद गुरुङ
आमा स्व. चिनी गुरुङ
वैवाहिक स्थिति विवाहित (४ छोरी, १ छोरा)
श्रीमती कुमारी मुनी गुरुङ
सम्पर्क नं. ९८५११०४७५६ / ९८४३७९६९६०
ईमेल psgurung07@gmail.com
२. शैक्षिक योग्यता
प्राथमिक शिक्षा त्रिग्राम विद्या मन्दिर, गिलुङ (२०१९-२०२४)
एस.एल.सी ईशानेश्वर प्रमोद हाई स्कुल, भोर्लेटार, लमजुङ (२०३० सालमा)
आई.एस्सी. अमृत साइन्स क्याम्पस, लैनचौर काठमाडौं (२०३२ सालमा)
बि.एस्सी. (प्रथम श्रेणी) अमृत साइन्स क्याम्पस, लैनचौर काठमाडौं (त्रि. वि. २०३४ सालमा)
३. भाषा गुरुङ (मातृभाषा), नेपाली, अंग्रेजी
४. पार्टी जीवन

वि.सं २०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कूल भोर्लेटारमा अनेरास्ववियूको सचिवबाट राजनीति शुरु गर्नुभएका वहाँ २०३१ सालमा अमृत साइन्स क्याम्पसको अखिल नेपाल क्रान्तिकारीको अर्डिनेशन केन्द्र (माले)मा आबद्ध हुनुभयो।२०३५ सालमा नेकपा (माले)को संगठित सदस्यको रुपमा प्रवेश गरी २०३७ सालमा नेकपा (माले) को पार्टी सदस्यता प्राप्त गर्नुभयो।२०४० सालमा नेकपा (माले) जिल्ला संगठन कमिटीको सदस्य, २०४८ र २०५१ मा नेकपा (माले) जिल्ला कमिटी सचिवमा निर्वाचित हुनुभयो। वहाँ २०५४ बाट नेकपा (एमाले) केन्द्रीय कमिटीको वैकल्पिक सदस्यमा निर्वाचित हुनु भई २०५४-२०५९ सम्म गण्डकी अञ्‍चल समन्वय कमिटीको सचिव,२०६० मा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य, २०६१ देखि २०७० सम्म केन्द्रीय जातीय मामिला विभाग प्रमुख र २०६१ देखि २०७० सम्म आदिवासी-जनजाति फाँट इञ्‍चार्ज हुनुभयो।

वहाँ २०६५ सालमा नेकपा (एमाले)पोलिटब्यूरो सदस्यमा निर्वाचित हुनुभयो।२०६९ देखि २०७१ सम्म केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारीमा रही काम गर्नु भएका वहाँ २०७१ मा केन्द्रीय कमिटीको सचिवका रुपमानिर्वाचित हुनुभयो।वि.सं. २०७२ देखि पार्टीको केन्द्रीय संगठन विभाग प्रमुखको जिम्मेवारीमा कार्यरत हुनुहुन्छ।

५. सामाजिक, पेशागत एवं सामुदायिक क्षेत्रको संगठनात्मक जीवनी वहाँ सामाजिक एवं पेशागत क्षेत्रमा पनि उत्तिकै सक्रिय हनुहुन्छ । वि सं २०३३ मा तमु धीं नेपालको संस्थापक कार्यकारी सदस्य, २०३७ मा नेपाल राष्ट्रिय शिक्षक संगठनकोजिल्ला सदस्यर जिल्ला अध्यक्ष, २०३७ मा जिल्ला खेलकूद विकास समिति लमजुङको सदस्यका रुपमा समेत काम गर्नुभयो।२०६६ देखि वहाँले नेकपा (एमाले)को जनसंगठन नेपाल लोकतान्त्रिक आदिवासी-जनजाति महासंघको संस्थापक अध्यक्षमा जिम्मेवारी वहन समेत गर्नुभएको छ।
६. आन्दोलन र संघर्षमा जिम्मेवारी वहाँ विभिन्न समयमा भएकाशिक्षक संघर्षका क्रममा अग्रस्थानमा रही पटक पटक प्रहरी हिरासतमा पर्नुभएको थियो। २०३८ साल देखिकृषि मजदुरहरुको ज्याला वृद्धिको आन्दोलनको नेतृत्व गर्नुभएका वहाँलेनेकपा (माले) लमजुङ जिल्लाको प्रतिरोधीदल (Resistant Squad) को राजनैतिक कमिसारका रुपमा प्रहरी हिरासतमा रहँदा समेत रापस जनपक्षीय उम्मेदवार भई भण्डाफोर अभियानको रुपमा चुनावी मोर्चा प्रयोग गर्नु भएको थियो।वहाँले २०४५ साल देखि विभिन्न पञ्‍चायत विरोधी संघर्षको लागि गठित संयुक्त संघर्ष समिति,संयुक्त जनआन्दोलनमा लमजुङको संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो।
७. राजकीय मामिलामा सहभागिता

वहाँले पञ्‍चायती व्यवस्थाको भण्डाफोर अभियानको लागि जनपक्षीय रापस उम्मेदवारी दिनुभएको थियो।वहाँ २०६३ सालमा नेकपा(एमाले) राज्य पुन:संरचना सम्बन्धी कार्यदलको सदस्यका रुपमा समेत रहनु भएको थियो।वहाँ२०६४ सालमा नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभामा विजयी हुनुभई २०६४ चैत १८ देखि २०६५ साउनसम्म नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रीको रुपमा समेत कार्यभार सम्हाल्नु भएको थियो।वहाँले पहिलो संविधान सभामा (२०६५-०६९) मा शासकीय स्वरुप निर्धारण समितिको सदस्य भई काम गर्नु भयो भने व्यवस्थापिका संसद्(२०६५-०६९) मा प्राकृतिक स्रोत साधन समितिको सदस्य समेत भई काम गर्नुभयो।

वहाँ हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा लमजुङ प्रदेश (ख)बाट विजयी हुनुभएको हो।

८. विदेश भ्रमण र अनुभव भारत, थाईल्याण्ड, मलेसिया, सिंगापुर, हङकङ, मकाउ, चीन, उत्तरकोरिया, जापान, अमेरिका, स्पेन, स्वीडेन, डेनमार्क, नेदरल्याण्ड, नर्वे, संयुक्त अधिराज्य, क्यानाडा, बोलिभिया, ग्वाटेमाला, एल साल्भाडोर, पेरु, इथिओपिया, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स ।
९. अभिरुचि
  • देश र जनताको सेवा गर्न ।
  • इतिहास र दर्शनशास्त्रको अध्ययन गर्न ।
  • फूटबल, भलिवल, ब्याटमिन्टन, बास्केटबल, टेबलटेनिस, कुस्ती, चेस, टेनिस, क्रिकेट हेर्न र खेल्न ।
  • प्राकृतिक/ऐतिहासिक/पुरातात्विक/ग्रामीण स्थानहरुको अध्ययन र भ्रमण गर्न ।
  • गीत संगीतमा विशेष रुचि ।